भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
सर्लाही, जनकपुर, भदौ २८ । संविधान जारी गर्ने प्रक्रिया अघि बढेसँगै मधेस केन्द्रित दलले आफ्नो आन्दोलनलाई कडा बनाउन थालेका छन् ।
संविधानसभामा संविधान निर्माणको प्रक्रिया भटाभट भइरहँदा तराई क्षेत्रमा भने आनदोलनको क्रम कायमै छ सर्लाहीको मलंगवा–१० मा रहेको एमाले सभासद कमलादेवी महतोको घरमा आइतबार राति प्रदर्शनकारीले पेट्रोल बम प्रहार गरेका छन् । बम प्रहारबाट घरमा सामान्य क्षति पुगेको बताइएको छ ।
सुरक्षा संवेदनशीलताका कारण सर्लाहीको मानपुर, हथिऔल, मधुवनी गोठ र मोहनपुरमा रहेका चारओटा प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सारिएको छ ।
धनुषामा प्रहरीचौकीमा आगजनी
प्रदर्शनकारीले धनुषाको ग्रामीण क्षेत्र ललीया गाउँमा रहेको प्रहरीचौकीमा आगजनी गरेका छन् । प्रदर्शनकारीको आगजनीबाट चौकीमा रहेका सबै प्रहरी भागेर सदरमुकाम पुगेका छन् ।
प्रदर्शनकारीले चौकीमै रहेका दुईओटा मोटरसाइकलसमेत पूर्णरुपमा क्षतिग्रस्त हुने गरी तोडफोड गरेका छन् ।
प्रदेश सीमांकनको विरोध गर्दै प्रदर्शनकारीले सोमबारै धनुषाको सहिदनगर यदुकोहामा मोटरसाइकल र्याली निकालेका छन् ।
धनुषाको जनकपुर आसपास भदौ २४ गतेबाट लगाइएको कर्फ्यु अझै जारी छ । - See more at:
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment