भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
आन्दोलन हिंसात्मक हुँदा गोली चल्ने क्रममा मारिनेहरु राजनीतिक दलका कार्यकर्ता भन्दा बढी सर्वसाधारण किन परे ? यो प्रश्नको जवाफ खोज्ने क्रममा अनुसन्धानबाट यस्तो तथ्य सार्वजनिक भएको हो ।
मधेस केन्द्रित दलका कार्यकर्ताहरुको संख्या कति छ भन्ने सबैलाई थाह छ । यसपटकको आन्दोलन मधेस केन्द्रित नेताको आह्वानमा भन्दा पनि मधेसमा गाउँमा मुखिया, सामन्त वा ठेकेदारमार्फत् गाउँलेलाई आन्दोलनमा सहभागी गराइएको छ । त्यसक्रममा पैसाको ठूलो चलखेल भएको कांग्रेस नेता महेन्द्र यादबले बताए ।
‘यो मधेसी जनताको अन्तिम लडाई हो भन्दै यसमा नलाग्नेलाई गाउँ निकाला गर्ने धम्की सरपञ्चमार्फत दिइएको छ’ उनले भने, ‘युवालाई मोटरसाइकलमा पेट्रोल र अन्यलाई खाना खाजा खर्च भनेर नगद दिइएको छ । ’
मधेसवादी दलका नेताहरुले आन्दोलनमा लागेर ज्यान गुमाउनेका परिवारलाई ५० लाख रुपैयाँ दिने भनेका थिए । त्यसयता यसपटक आन्दोलनकारीलाई केही सय रुपैयाँ दिइएको छ ।
मधेसमा चलिरहेको आन्दोलनमा भारु र दारुको चर्चा अहिले निकै चलेको छ । आन्दोलनकारीहरु रक्सीको नशामा सडकमा आउने गरेको पाइएको छ । धेरैजसोलाई के का लागि आन्दोलन भन्ने पनि थाह छैन । मारिनेहरु अधिकांश राजनीति बाहिरका हुनुले पनि त्यो दावीलाई पुष्टि गर्छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |

Post a Comment