Saturday, September 12, 2015

एमाओवादी बैठकले भन्यो, बल होइन, वार्ताबाटै समाधान खोज

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस



काठमाडौं : एमाओवादीको संसदीय दलको शनिबार अपरान्ह सिंहदरबारमा बसेको बैठकले मधेसमा बल प्रयोग नगर्न र वार्ताबाटै छिटो समाधान खोज्न आग्रह गरेको छ।

शनिबार अपरान्ह सुरु भएको बैठकमा नयाँ संविधान जारी गर्न आइतबारदेखि सुरु गर्ने भनिएको मतदानको प्रक्रिया र आन्दोलनकारीसँगको वार्ताको प्रयासबारे छलफल भएको बताइएको छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराईलगायतका नेताहरुको सहभागिता छ। बैठकमा प्रचण्डले वार्ताका लागि प्रयास भइरहेको जानकारी दिएका थिए।

सभासद्हरुले मधेसमा बल प्रयोग गर्दा समस्या झन् जटिल हुने भन्दै यसबारेमा सरकारमा रहेका दलहरुलाई सम्झाउन नेतृत्वलाई सुझाव दिएका थिए। बैठकमा सहभागी नेता हरिबोल गजुरेलले बलबाट नभएर सम्वादमार्फत मधेसको समस्यमा समाधान खोज्नुपर्ने निश्‍कर्ष बैठकले निकालेको बताए।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

loveurdesign

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
online news © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism