Monday, September 7, 2015

जनकपुरमा गोली चल्यो, दुईजना घाइते, कांग्रेस कार्यालयमा आगजनी

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस



जनकपुर, भदौ २१ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको २४ दिनदेखिको धनुषा बन्दका क्रममा सोमबार जनकपुर तनावग्रस्त हुन पुगेको छ ।

करिब २० हजारको संख्यामा रहेका मोर्चाका कार्यकर्ताले जनकपुर बजार वरिपरी लाठी जुलुस प्रदर्शन गरेका हुन् । सोक्रममा मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयनजिकै रहेको कांग्रेस जिल्ला कार्यालयमा आगो लगाएका छन् ।

यस्तै, गंगासागरमा रहेको एमालेको कार्यालयमा तोडफोड गर्ने प्रयास हुँदा प्रहरीले रबरका गोलीसमेत चलाएको छ । गोली लागी घाइते भएका दुईजनाको जनकपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनबढी हवाइ फायरसमेत गरेको थियो ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

loveurdesign

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
online news © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism