Sunday, September 13, 2015

दंगाग्रस्त क्षेत्र अवज्ञा गर्दा गोली चल्यो

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

राजविराज : दंगाग्रस्त क्षेत्र अवज्ञा गर्दै पूर्व–पश्चिम राजमार्गस्थित सप्तरीको रुपनीमा आइतबार साँझ मधेसी मोर्चाका कार्यकर्ताहरुले जुलुस निकालेपछि प्रहरीले लाठीचार्ज गर्दै फायर गरेको छ ।

सत्तारुढ दलहरुले संविधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेपछि आक्रोशित प्रदर्शनकारीहरुले रुपनीको हटियाबाट जुलुस निकालेका थिए ।

जुलुस राजमार्ग प्रवेश गरेपछि प्रहरीले लाठीचार्ज गर्दै सात सेल अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेर भिंडलाई तितरबितर बनाएको छ ।

दंगाग्रस्त क्षेत्र अवज्ञा गरेको आरोपमा प्रहरीले सदभावना पार्टीका दिनेश यादव, हरेराम यादव, शम्भु यादव, रामसपाका मुकेश कर्ण र नेकपा माओवादीका भगवती यादवलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रुपानीमा राखिएको छ ।

सत्तारुढ दलहरुले असन्तुष्ट दलले वार्तामा बस्न र सहमति गर्न कुनै चासो नदेखाएको भन्दै आइतबार संविधान लेखनको प्रक्रिया अघि बढाउने निर्णय गरेपछि मोर्चाका कार्यकताहरु आक्रोशित भएका छन् ।

प्रमुख तीन दलले सीमाङ्कनको विषयलाई लिएर तराईमा आन्दोलनरत असन्तुष्ट दललाई वार्तामा बस्नका लागि संविधान लेखन प्रक्रिया दुई दिन स्थगन गरेका थिए ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

loveurdesign

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
online news © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism